हामी आफ्नै जन्मभुमीमा फर्कन चाहान्छौ सरकार हामी मध्यमबर्गिय जन्ता पनि नेपाली हुँ-दिपक खड्का

हामी आफ्नै जन्मभुमीमा फर्कन चाहान्छौ सरकार हामी मध्यमबर्गिय जन्ता पनि नेपाली हुँ-दिपक खड्का

दिल्ली । सुदुर पश्चिमेली नेपाली समाज भारत केन्द्रीय प्रथम उपाध्यक्ष दिपक खड्काले भारत सरकारले गरेको यो कर्फ्यु घोषणाले हामि प्रवासिहरुलाई आफ्नो ज्यान बचाउन निकै गाह्रो भैरहेको बताउनु भएको छ । सामाजिक कार्यमा सक्रिय रहँदै आएका खड्काको नेपाल सरकार र प्रदेश सरकार स्थानीय सरकारलाई अनुरोध यस्तो छ ।

आज बिश्वमा कोराना माहामारीको चपेटाम परिरहदा हामी प्रवासी नेपाली दाजुभाइ दिदिबहिनी श्रमिक बर्गका दिन्चार्य छताछुल्ल भएका छन । तर नेपाल सरकारले मौन बसिरहेका देख्दा अब हाम्रो बाच्ने रहर नै पुरा नहोला भन सकिदैन । सामाजिक सन्जाल सोसल मिडियाहरुमा प्रकाशित,प्रसारण हुदै आएका यि समाचार स्टाटसले झनै हामि त्रास उत्पन्न भैरहेको छ ।

लेखक: दिपक खड्का प्रथम उपाध्यक्ष सुदुर पश्चिमेली नेपाली समाज भारत

आ-आफ्नो सपनाहरु सकारा गर्न हजारौं सपना बोक्दै प्रवासिएका हामी मध्यबर्गिय जनमानसको घुचो नै छ भारतका गल्लि गल्ली यो सपनाको सहरका कम्पनी ,रेस्टुरेन्ट लगायत बिभिन्न व्यवसायीमा लाखौंको संख्यामा कार्यरत छन् तर यो नेपाल सरकार प्रदेश सरकार स्थानीय सरकार तथा सम्बन्धित प्रशासनले तथ्याङ्कमा उल्लेख गरेको होला । हालको परिस्थितिमा दुखि छौ र कस्तो अवस्थामा छौ हाम्रो अन्तिम चाहना के हो यो जानकारी होला वा नहोला तिनै तहका सरकारलाई तर हामी प्रवासीहरुको एउटै आवाज हो सरकार हामीलाई जन्मभुमि फर्काउने वातावरण तत्काल बनाईहोस ।

हामी प्रवासीहरु आज आफ्नो देशमा फर्किन सपना जस्तै लागिरहेका छन ।भारत सरकारले जन्ता कर्फ्यु घोषणा गरे लगतै हामी प्रवासीहरुलाई ज्यान बचाउन्न निकै गार्‍हो भैरहेको छ। हाम्रा दैनिकी कार्यहरु पनि पुर्ण बिराम लागेको छ ? देशको चौथो अङ्ग मानिने पत्रकार ज्युहरु प्रवासीका यि दुखिका आँशु झारेको खबर सरकार सम्म पुर्याउदैन ।

के भनेर सम्मोधन गरौ ? म आफै अलमल भएको छु ।सात नम्बर सुदुरपशिम प्रदेशबाट मात्र ८०/९० % जनताहरु आफ्नो जिबिका चलाउनका लागि छिमेकी राष्ट्र भारतको गड्डाचौकी, गौरिफन्ट हुँदै दैनिक लामबद्ध यात्रा आवतजावत गर्छन तर आजभोलि ती नाकामा पुर्ण बिराम लागेको छ तर प्रदेश सरकार मौन छ आखिर किन होला ?हामी आफ्नै जन्म भुमीमा फर्कन चाहान्छौ सरकार हामी मध्यमबर्गिय जन्ता पनि नेपाली हु यसमा सरोकारवालाको ध्यानाकर्षण होस ,स्म्मरण रहोस नेपाल फर्किने बाताबरण मिलाईदिन नेपाल सरकार र प्रदेश सरकार स्थानीय सरकारलाई हार्दिक अनुरोध गर्दछु ।

लेखक: दिपक खड्का
प्रथम उपाध्यक्ष
सुदुर पश्चिमेली नेपाली समाज भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *