अस्पताल लिँदै गर्दा अछाममा एकको गयो ज्यान

अस्पताल लिँदै गर्दा अछाममा एकको गयो ज्यान

एकेन्द्र महता चैत्र,अछाम ।उपचारका लागि अस्पताल लैजादै गर्दा अछाममा एक पुरुषको ज्यान गएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का अन्दाजी ५६ वर्षीय जगत बहादुर लुहारलाई बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

पेट र घाँटी दुःख्ने समस्या देखिए पछि लुहारलाई एम्बुलेन्स मार्फत बयलपाटा अस्पताल लैजाने क्रममा ज्यान गएको जानकारी भएको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले दिनु भयो । बयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले पनि लुहारलाई उपचारका लागि ल्याउँदै गर्दा ज्यान गएको पुष्टि गर्नु भयो ।

उहाँले पेट दुखेको भने पछि एम्बुलेन्स मार्फत अस्पताल ल्याउने क्रममा ज्यान गएको बताउँदै लुहारमा पहिले देखि नै मृगौला सम्बन्धी समस्या रहेको बताउनु भयो । लुहारको ज्यान जानुको कारण अहिले विश्व व्यापी रुपमा फैलिएको कोरोना भाईरस नभएको पनि जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *