सरकारले चिनबाट ल्याएका स्वास्थ्य सामाग्री नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी पुग्यो

सरकारले चिनबाट ल्याएका स्वास्थ्य सामाग्री नेपाली सेनाको स्काई ट्रक मार्फत धनगढी पुग्यो

धनगढी: कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएका स्वास्थ्य समाग्री  सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले आज दिउँसो नेपाली सेनाको स्काई ट्रक मार्फत संघिय सरकारले सुदूरपश्चिमका लागि १० वटा तापक्रम मापक यन्त्र २० हजार ग्लोब्स सहित अन्य स्वास्थ्य समाग्री धनगढी ल्याईएको हो।

जनस्वास्थ्य निरिक्षक लक्ष्मी श्रेष्ठका अनुसार संघिय सरकारले पठाएका समाग्री प्रदेशका अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई वितरणका लागि सूची बनाउन लागिएको जानकारी दिए।काठमाडौँबाट सुदूरपश्चिमका लागि एक हजार थान अस्थायी पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) १० हजार सर्जिकल मास्क, नौँ सय ६० एन–नाईन्टी लाईभ मास्क पठाएको छ।

श्रेष्ठका अनुसार महाकाली र सेती प्रादेशिक अस्पतालमा सकभर आजै वितरण गछौँ। पहाडी जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा पनि पठाउने तयारी छ। त्यसका लागि सूची बनाईरहेका छौँ। कोरोना भाईसरको सम्भावित तथा संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका समाग्रीहरु वितरण गरिन लागेको हो।

यो पनि पढ्नुहोस्

मलेसियामा काेराेनाकाे कारण मृ*त्युकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ ।मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म विश्वभर मृ*त्युकाे सङ्ख्या करिब ३४ हजार ६ सय ६३ जना रहेका भने अहिलेसम्म संक्रमित ७ लाख ३१ हजार ५ सय ९८ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *