बझाङ र दार्चुलाको लागि आयो अन्यन्तै खुसिको खबर सुदुरपश्चिमेलि नेपाली समाजले संचालन गर्दै छ स्वास्थ्य शिविर सहभागी हुन समाज द्वारा आह्वान

बझाङ र दार्चुलाको लागि आयो अन्यन्तै खुसिको खबर सुदुरपश्चिमेलि नेपाली समाजले संचालन गर्दै छ स्वास्थ्य शिविर  सहभागी हुन समाज द्वारा आह्वान

मान बहादुर बलायर

काठमाडौँ ३१ वैशाख। ।सुदूरपश्चिम को ९ जिल्ला हाल को प्रदेश नम्बर ७ बाट शिक्षा ,रोजगारी, व्यवसाय या अन्य कुनै अवसर को खोजिमा जन्म-भुमी, घर-परिवार, आफन्त र आफ्नो समाज, आफ्नो संस्कृती, बोली-भाषा, रहन-सहन बाट निकै टाढा रहेका विश्वका हरेक कुनामा छरिएर रहेका हामी प्रवासी सुदूरपश्चिमेली हरु एकजुट भयर आफ्नो जन्म भुमी को लागि र प्रबास मा रहेका आफ्ना दाजुभाइ, दिदिबहिनी को लागि केही गर्नु पर्छ र एक अर्काका समस्या हरु समाधान गर्नु पर्छ भन्ने उच्च आकांक्षा बोकेर “सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली” भन्ने मुल मन्त्रका साथ संगठित भैइ “सुदूरपश्चिमेली नेपाली समाज” गठन गरेको हो ।

समाजिक सेवाको उच्च भाव लिएर स्थापित यो संस्था नेपाल सरकार को संघ संस्था ऎन बमोजिम नेपाल का केन्द्र देखि जिल्ला सम्मका हरेक निकाय बाट कानुनी मान्यता प्राप्त गरिसकेको प्रदेश नम्बर ७ कै दार्चुलाको गोकुलेस्वर जेठ ६ र ७ र बझाङको चैनपुर जेठ ९ र १०मा महिला आमा-दिदिबहिनी हरुको स्वास्थय लाई मध्यनजर गर्दै अनुभवी, योग्य डाक्टर को टोलि लियर 2/2 दिने “स्वास्थय शिबिर” सन्चालन गर्न गैरहेका छ । जस्मा साथ सहयोग, सदभाव, अमुल्य सुझाब सल्लाह का साथ “पाठेघर ” सम्बन्धी समस्या भएका आमा-दिदिबहिनी हरुलाई उपस्थित गराएर सहयोग गरिदिन विनम्र अनुरोध गरेको छ ।

विश्व ले आकाश भित्र बसाइ सर्ने दाउ पेच मा हिनि रहेको आज को युगमा आमा-दिदिबहिनी हरु सामान्य स्वास्थय सम्बन्धी जानकारी चेतना नपाउदा आज पनि अकाल मा मृत्यु वर्ण गर्नु परेको कोहि बाट छुपेको छैन। यस्तो विकराल परिस्थिति लाई सबै मिलेर चेतनाका माध्यम बाट निर्मुल पारिनु पर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम को आयोजना गरिएको हो ।

जस्तो सुकै परिप्रेक्ष मा विदेशिनु परेपनी हाम्रो जन्म-भुमि, आमा-बुवा, दिदि-बहिनी, दाजु-भाइ आफ्नो समाज प्रती को कर्तव्य भुलेका छैनौ र हामी बिरानो मुलुक, भिन्न परिवेश मा जीवन निर्वाह गरिरहे पनि हामी हाम्रो पहिचान, संस्कृति भेष-भुषा अझै मुटु मा सजाएर जन्म-भुमी को दीर्घकालीन प्रगती को कामना मा तल्लिन छौ साथै हरेक परिवेश बाट समाज, रास्ट्र आफ्न्त प्रती को कर्तव्य बाट विमुख दाजु-भाइ, दिदि-बहिनी मा कर्तव्यपरायण को सन्देश दिन चाहन्छौ ।
हामी जो जहाँ रहेपनी एकता को सुत्रमा छौ।

यसरी  भावनात्मक एकतालाइ सदैब उच्च मार्यादाभित्र राख्न को लागि आज हामी पराइ भुमी मा पनि एउटै मालामा छौ । हामी एउटै मालामा बसेर आफ्नो जन्म स्थान आफ्नो रास्ट्र को सर्बांगिण बिकास मा सक्दो टेवा पुगाउन चाहन्छौ त्यसैले विश्वभरी छरिएर रहेका सुदूरपश्चिमेली दाजुभाइ ,दिदिबहिनी मा यो अभियान मा हातेमालो सहकार्य को लागि हार्दिक अपिल गर्दछौ। समाजका बिभिन्न राष्ट्रमा गठित कार्यसमितिबाट पनि यो अभियान लाई साथ दिएका छन् अमेरिका, क्यानडा, अस्ट्रेलिया, डेनमार्क, कोरिया, जापान, मलेसिया, भारत, युएइ, कुबेत, मकाउ, बहराइन, कतार रहेका छन् ।

२०७५ को आगमन संगै सुदूरपश्चिमेली नेपाली समाजहरु को तपशिल बमोजिम को साझा सहकार्य मा सहभागिता गराउन सम्पुर्ण सुदूरपश्चिमेलि दाजुभाइ, दिदिबहिनी, पत्रकार, पेशाकर्मी, बुद्धिजीवी, समाजसेबी, खेलाडी, कलाकार, शिक्षक, विद्यार्थी, स्वास्थ कर्मी, प्रचारप्रसार कर्ता व्यवसायी माहानुभाव देखि स्थानीय प्रशासन, देखि सम्पुर्ण सम्पुर्ण मा सहयोग सल्लाह सुझाबको लागि अपिल समेत  गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *