नेपालमा कोरोना संक्रमित संख्या ४ पुग्यो !(भिडियाेसहित)

नेपालमा कोरोना संक्रमित संख्या ४ पुग्यो !(भिडियाेसहित)

काठमाडौं चैत । कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित भएका छन् ।विहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दुबईबाट आएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएका हुन् । हाल उनी धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचाररत छन् । ३४ वर्षका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यका बाहिर यो पहिलोपटक संक्रमण देखिएको हो ।हालसम्म नेपालमा ४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसअघि तीनजनामा पोजेटिभ रिर्पोट देखिएको मध्ये एक जना निको भई घर फर्किसकेका छन् भने दुई जना टेकुमा रहेकाे ट्रपिकल तथा सरुवा राेग अस्पतालको आइसोलेसनमा छन्।

काेराेना अपडेटकोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छनहाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।

Posted by Ministry of Health and Population-Nepal on Friday, March 27, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *