कोरोना भाइरस पता लगाउने किट्स मेसिन खरिदमा सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा दश लाख वन सहयोग

कोरोना भाइरस पता लगाउने किट्स मेसिन खरिदमा सुदुरपश्चिम समाज दक्षिण कोरियाद्वारा दश लाख वन सहयोग

कोरिया,चैत। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउने आर्थिक सहयोग अभियानमा अगाडी बढेको छ ।

उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक मुष्ट रुपमा दश लाख कोरियन वन सहयोग गरेको छ । उक्त अभियानमा दश लाख कोरियन वन सहयोग जम्मा गरेको अध्यक्ष विर बहादुर पाल र महासचिव ओम साउद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिए छ ।
समाजद्वारा बिज्ञप्ती मार्फत जारि गर्दै संम्भावित क्षति कम गर्न तुरुन्तै कोरोना भाइरस परिक्षण गर्ने सामग्री खरिद गरि नेपाल पठाउने अभियानमा संस्थाले एकमुष्ट सहयोेग गरेको बताइएको छ ।

अभियानमा नेपालीहरुले एकताको सन्देश दिदै आफनो देश प्रति देखाएको माया साच्चिकै नमुना भएको कोरियामा बसोबास गर्ने नेपालीले अनुभुति गरेका छन । जति चाँडै रकम जम्मा हुन्छ उति चाँडै नेपाल स्वास्थ्य सामग्री पठाउने आयोजकले बताएको छ । हाल नेपालमा कोरोना भाइरस परिक्षणको रिर्पोट थाहा पाउन काठमाडौमा मात्रै प्रबिधि सिमित मात्रमा रहेको छ । जसको रिर्पोट आउन पनि दुइ देखि तिन दिन सम्म लाग्ने गरेको छ । कोरोना भाइरस परिक्षण गर्ने कोरियाको यो प्रविधि बिश्वमै उत्कृष्ट भएको चर्चा छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानेको संयोजकत्वमा कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउने अभियान अगाडी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *