मलेसियाले गर्यो १४ अप्रिलसम्म लकडाउन!मृत्यु हुनेको संख्या १६ ,नेपालीहरु भने सुरक्षित

मलेसियाले गर्यो १४ अप्रिलसम्म लकडाउन!मृत्यु हुनेको संख्या १६ ,नेपालीहरु भने सुरक्षित

मलेसिया,क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे ।हालसम्म १६ जनाकाे मृत्यु भईसकेकाे छ भने १६२४ जनामा संक्रमण र १ सय ८३ जनाकाे उपचार सम्भव भएकाे छ ।

मलेसियाले यस्ताे किसिमकाे बन्दलाई लकडाउन नभनेर माेभमेन्ट कन्ट्रोल अडर (एमओसि) भनेकाे छ । मलेसियामा अहिलेसम्म संक्रमित दिनानुदिन बढदै जानु र मृत्यु दर पनि बढेपछि यस्ताे किसिमकाे नियन्त्रण अादेश जारी गरेकाे मलेसिया सरकारले जनाएको छ । मलेसियामा करिब ५ लाख बढि नेपाली कार्यरत रहेकाे मलेसियामा अहिलेसम्म नेपाली सुरक्षित रहेकाे दुतावासले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *