सुप नेपाली समाजद्वारा उद्वारमा सहयोग गर्ने नेपाल सरकार लगायतलाई धन्यवाद ज्ञापन

सुप नेपाली समाजद्वारा उद्वारमा सहयोग गर्ने नेपाल सरकार लगायतलाई धन्यवाद ज्ञापन

धनगढी, १२ चैत ।सुदूरपश्चिमेली नेपाली समाजले भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दारमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

समाजका अध्यक्ष धन बहादुर बलायरले नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी र गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद गरे ।

नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदूरपश्चिमेलीहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्त्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरुमा हार्दिक धन्यवाद ज्ञापन ब्याक्त गरिएको छ ।

साथै यस कोरोना भाईरसको रोकथामका लागि भारत तथा नेपाल सरकारले लागु गरेको कानून तथा निर्देशनलाई पालना गर्न सुदूरपश्चिमेली नेपालीहरुलाई समाजले अनुरोध गरेको छ ।
बसमा यात्रा नगर्न तथा आफू बसेको स्थानमा सुरक्षित तरिकाले बसेर आफू पनि जोगिन र अरुलाई पनि जोगाउन समाजले आग्रह गरेको  एसिया संयोजक तथा प्रचार विभाग प्रमुख दिनेश खड्का खप्तडीले जानकारी दिए।

सीमा क्षेत्रमा अलपत्र परेका नौँ सय ९९ जना नेपालीहरुलाई २१ बसमा गन्तव्य पठाईएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएको थियो ।

प्रदेश सरकारको सहयोगमा प्रत्येक स्थानीय तहले क्वारेन्टाईनमा राख्ने सुदुरपश्चिम प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिसद बैठकले निर्णयको छ। सुदूरपश्चिमेली नेपाली समाजले मंगलबार केन्द्रीय अध्यक्ष धनबहादुर बलायर र महासचिव दिलेन्द्र प्रसाद जोशीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र जारी गरेको थियो ।

त्यस्तै सुदूरपश्चिमेली नेपाली समाज शाखा मलेसिया क्षेत्रिय समिति मल्लका मलेसिया क्षेत्रिय समिति जोहोरबारु मलेसियाले समेत प्रेस विज्ञप्ति जारी गरेको थियो ।अलपत्र परेका सुदूरपश्चिमेलीहरुलाई भारत दिल्लीको आन्नदविहार बस अड्डाबाट सुदूरपश्चिमेली नेपाली समाज भारतको विशेष पहलमा र नेपाली राजदुतावास भारत , नेपाल सरकार, सुदुरपश्चिम प्रदेश सरकार, लगायत बिभिन्न समाजसेवीहरुको सहयोगमा उद्धार गरी नेपाल भारत सिमा क्षेत्रसम्म ३ वटा बसको व्यवस्थापन गरेको एसिया संयोजक तथा प्रचार विभाग प्रमुख खप्तडीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *