भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई पठाईयो गन्तव्य

भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई पठाईयो गन्तव्य

धनगढी कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका नौँ सय ९९ जनालाई २१ बसमा गन्तव्य पठाईएको छ। संघीय सरकारको आदेशपछि सुदूरपीश्चम सरकार र स्थानीय प्रशासनले यातायात प्रालीसंग समन्वय गर्दै २१ वटा बसमा उनीहरुलाई गन्तव्य पठाएका हुन्। सुदूरपश्चिम बाहिर चार, १२ वटा सुदूरपश्चिम ६ पहाडी जिल्ला, टिकापुर क्षेत्रमा चार र महेन्द्रनगर एक गाडी पठाईएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले केही यात्रु छुटेका भए थप बसको व्यवस्थापन गरिने बताए। उनले भने, सुदूरपश्चिमका नौँ जिल्ला मध्ये बाजुरा बाहेकका ८ जिल्लाका ८ सय ७६ र अन्य १३ जिल्लाका एक सय २३ जनालाई सीमामै बसबो व्यवस्थापन गरेर पठाउन लागिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *