अतिआवश्यक सेवा बाहेक चैत २१ गतेसम्म साँफेबगरनगरपालिका सम्पुर्ण सेवा बन्द

अतिआवश्यक सेवा बाहेक चैत २१ गतेसम्म साँफेबगरनगरपालिका सम्पुर्ण सेवा बन्द

अछाम-कोभिड–१९ (कोरोना भाईरस) को संक्रमण फैलन नदिनका लागि साफेनगरपालिकाले २०७६/१२/१० गतेदेखि २०७६०/१२/२१ गतेका दिनसम्म अत्यावश्यकीय काम बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

नगरपालिकाले विज्ञप्ती जारी गर्दै धेरै भिडभाड नगर्न तथा सजकता अपनाउन अाग्रह गरेकाे छ । साथै काेराेना संक्रमण हुनवाट बच्ने उपायहरु अपनाउन, लक्षणहरु देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नपनि नगरपालिकाले अनुराेध गरेकाे छ ।भारतवाट थुप्रै अछामी भित्रीरहेकाले अछामकाे साफेवगर निकै जाेखिममा रहेकाे छ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन्। सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन्।

संक्रमित ती व्यक्ति फ्रान्सबाट काठमाडौं आएकी मन्त्रालयले जनाएको छ। फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *