नेकपाका एक जना कार्यालय सदस्य मृ*त्त अबस्थामा फेला

नेकपाका एक जना कार्यालय सदस्य मृ*त्त अबस्थामा फेला

बाजुरा – नेपाल कम्यूनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटीका एक जना कार्यालय सदस्य मृत्त अबस्थामा फेला परेका छन् ।जगन्नाथ गाउपालिका ५ का कुबेर सार्की भनिने नयाराम बिक आज बिहान मृ त्त अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।
बिक जगन्नाथ गाउपालिका ५ पाउनी जिउला भन्ने ठाउमा मृत्त अबस्थामा भेरीएको भन्ने खबर आएको निरिक्षक रोकायाले बताए ।

जुडी प्रहरी चौकीबाट खटिएको टोली घटना स्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक टंकप्रशाद भट्राईको नेतृत्वामा पनि आज बिहानै टोली गएको रोकायाले बताए ।घटना के कति कारणले भएको हो भन्ने बिस्त्तृत बिबरण आउन बाकी छ । जिल्लाबाट गएको टोली पुगे पछि आउने उनले बताए । जगन्नाथ गाउपालिकाका प्रबक्ता डबल बिकका अनुसार नयाराम बिक एक जना एकल महिलाको घर नजिकै मृत्त भेटिएको बताए ।

हिजो साझ साथीहरुसंगै उक्त महिलाको घरमा मदिरा सेवन गरेको बुझिएको छ । संगैका साथीहरु गोपी कामी र यूद्धविर भनिने चन सार्की उनलाई छोडेर रातिनै घर गएका बुझिएको उनले बताए ।नयारामा बिक तत्कालिक नेपका माओबारीका बटालियान कमाण्डर समेत हुन् । अहिले उनको लास घट ना स्थलमै प्रहरीको निगरानीमा रादिएको र जिल्लाबाट गएको प्रहरी नायव उपरिक्षकको टोली पुगेपछि मुचुल्का सहित कोल्टि प्राथामीक स्वास्थ्य केन्द्रमा पोष्टमाटमको लागि ल्याईने प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताईए ।

यो पनि पढ्नुहोस्

अछाम – मेल्लेख गाउपालिका प्रबेशद्वार नन्देगडा र साफेबगरको गेटमा हेल्थ डेक्स स्थापना गरिने भएको छ । यस्तै मेल्लेख गाउपालिका ३ ठाटिमा पनि हेल्थ डेक्स राखिने भएको छ ।यसैगरी मेल्लेख स्वास्थ्य शाखाले मास्क पनि बितरण गरेको स्वास्थ्य शाखाका अनिता खडकाले जानकारी दिनुभयो । यस्तै उपकरण खरिद तथा औषधि ब्याबस्थापनको पनि तयारि भइरहेको मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले जानकारी दिनु भएको छ ।
चेतना मुलक सन्देश पनि दिने कार्यक्रम पनि तयारि भई रहेको बताएको छ । बाहिरबाट आएका ब्यक्तिलाई अलगै राखेर उपचारको ब्यबस्था मिलाईसकेको स्वास्थ्य शाखा मेल्लेखले जनाएको छ । Sudur Aaja bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *