“गजल”अमर खडका

 "गजल"अमर खडका

                           “गजल”
सिरिया जस्तै भयो सुडान जस्तै भयो |
यो जिन्दगी, युद्धको मैदान जस्तै भयो ||

हजारौँ पिडा अनि त्रासले त्रसित यो मन।
हरियाली हराएको रेगिस्तान जस्तै भयो ||

बर्षौं देखि घर बनाउने मेरो सपना पनि।
देश बनाउने हरुको उखान जस्तै भयो ||

तिम्रा स्पर्शले कुल्चिएका डोब पनि
यो छातिमा नमेटिने निसान जस्तै भयो ||

जो आउछन् सहजै खुसी भएर जान्छन ।
तिम्रो मन खेलौनाको दोकान जस्तै भयो ||
-अमर खडका/हाल : कुबेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *